कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार छ : डा. शर्मा

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनिय सुधार आएको बताए । डाक्टर शर्माका अनुसार प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, स्वकिय सचिव राजेश बज्राचार्य र चिकित्सकहरुले मात्रै प्रधानमन्त्री ओलीसँग भेटघाट र कुराकानी गरेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार छ : डा. शर्मा

‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । अहिले जाउलो खानुभयो र आराम गर्नुभएको छ,’ डा. शर्माले भने, ‘उहाँको भेटघाटलाई बन्द गरेर अझै केही दिन चिकित्सककै निगरानीमा अस्पतालमै राख्ने सल्लाह भएको छ । उहाँ पूर्णरुपमा ठिक भएपछि डिस्चार्ज र भेटघाटको क्रमलाई अनुमति दिन्छौं ।’

यस अघि सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, अन्य राजनीतिक दलका नेतालगाएत मन्त्रीहरु अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

मंगलबार ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रकाशित : मंसिर १२, २०७६ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?