राष्ट्रपतिले अस्पताल पुगेर प्रधानमन्‍त्रीलाई भेटिन् 

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन् । बिहीबार साँझ राष्ट्रपति भण्डारी मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न भएकी हुन् ।

राष्ट्रपतिले अस्पताल पुगेर प्रधानमन्‍त्रीलाई भेटिन् 

मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली अस्पतालमै छन् ।


सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटका अनुसार बिहीबार साँझ ७:४० बजे महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मै पुगेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएकी हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट सार्वजनिक गर्दै राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जानकारी गराएका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा आइरहेको सुधारप्रति खुसी ब्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख गरेका छन् ।


प्रकाशित : मंसिर १२, २०७६ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?