२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हेर्नुहोस् यी हुन् ‘घुस’ दिएर लाइसेन्स निकाल्नेहरू...

कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘घुस खाएर लाइसेन्स बाँडेको’ आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका ३८ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा चलायो । ट्रायल परीक्षामा सहभागी नभएका अनि ट्रायल दिएर पनि फेल भएकालाई लाइसेन्स दिएको आरोप उनीहरुमाथि थियो ।

हेर्नुहोस् यी हुन् ‘घुस’ दिएर लाइसेन्स निकाल्नेहरू...

उनीहरुमाथि भ्रष्टाचार मुद्दा लगाए पनि अख्तियारले घुस लिएर लाइसेन्स लिने १२ सय ८४ जना सवारीचालकहरुको नाम सार्वजनिक गरेन । उसले तिनीहरुको सूची यातायात व्यवस्था विभागमा पठाइ लाइसेन्स रद्द गर्न आग्रह गर्‍यो ।


सवारीचालक अनुमतीपत्र कार्यालय, एकान्तकुनाले २०६९ सालको वैशाख, जेठ र असारमा गरेको ट्रायल परीक्षामा गैरकानुनी रुपमा लाइसेन्स लिनेमाथि अख्तियारले मुद्दा चलाएको हो ।


अख्तियारले त्यसअघि नयाँ लाइसेन्स जारी गर्दा कार्यालयमा अभिलेख समेत नष्ट गरेको दाबी गरेको थियो । यातायात व्यवस्था विभाग उच्च स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरणमा फेल भएर पनि लाइसेन्स पाएका अनि ट्रायलमै उपस्थित नभएका १२ सय ८४ जनाको नामावली छ । उनीहरुमध्ये कतिपयले ६ देखि २५ हजार रुपैयाँ ‘खर्च गर्नुपरेको’ बताएका छन् ।

ट्रायल दिँदा फेल भइ परीक्षा समितिको निर्णयबाट ४६ परीक्षार्थीलाई पास गराएको दाबी छ । हेर्नुहोस् यी हुन् ‘घुस’ दिएर लाइसेन्स निकाल्नेहरु :

प्रकाशित : मंसिर १२, २०७६ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?