कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

प्रधानमन्त्रीले ट्वीट गर्दै भने- 'यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ'

काठमाडौँ — प्रधानमन्त्रीले बिहीबार बिहान १०:४५ बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिएका छन् । उनले ट्वीटरमार्फत नै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

प्रधानमन्त्रीले ट्वीट गर्दै भने- 'यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ'

यस्तै प्रधानमन्त्रीको शल्यक्रिया गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बिहीबार बिहान १० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जनाएका छन् ।

ओलीलाई उपचारका सबै व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमा उल्लेख छ । हिजो साँझ जारी विज्ञप्तिमा प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा रहेको र सुप लगायतका केही तरल पदार्थ मुखबाट खान दिइएको जनाइएको थियो ।

प्रकाशित : मंसिर १२, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?