गद्दी बैठक सबैका लागि खुला

काठमाडौँ — वसन्तपुरस्थित काष्ठमण्डप दरवारको गद्दी बैठक सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मंगलबार संयुक्त रूपमा काष्ठमण्डप दरबारक्षेत्रमा आयोजित समारोहबीच गद्दी बैठक प्रवेश खुल्लाको शुभारम्भ गरेका हुन् ।

गद्दी बैठक सबैका लागि खुला

भूकम्पपछि अमेरिकी सहयोगमा निर्माण गरिएको उक्त गद्दी बैंठक पहिले सर्वसाधारणका लागि हेर्न खुला थिएन । अवलोकनका लागि तोकिएको प्रवेश जाँच–स्थलमा दर्ता आवश्यक हुनेछ । नेपाल भ्रमण वर्ष २०२० कै अवसर पारेर नेपाली र विदेशी पर्यटकहरूले पनि गद्दी बैठकको अवलोकन गर्न सक्नेछन् ।


गद्दी बैठक दरबार सन् १९०८ देखि नै उक्त दरबार क्षेत्रको चिनारी रही आएको छ । बैठकको मुख्य कक्ष भ्रमणका लागि उपलब्ध हुनेछ भने यसको भूइँ तलामा संग्रहालय रहने छ । केही समयपछि खुल्ने उक्त संग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्तिवक वस्तु रहने छन् ।


अमेरिकी सरकारको सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) ले गद्दी बैठक र प्रवेशद्वार भवनलाई संरचनात्मक रूपमा सुदृढ बनाउन नौ लाख डलर बराबरको अनुदान गरेको अमेरिकी राजदूतावासले जनाएको छ ।


प्रकाशित : मंसिर १०, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?