कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वरिष्ठ पत्रकार कसजू रहेनन्

काठमाडौँ — वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजूको मंगलबार निधन भएको छ । मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित कसजूको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वरिष्ठ पत्रकार कसजू रहेनन्

निमोनियाका कारण गम्भीर बिरामी भएपछि उनलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । गुल्मीको रिडीमा २००४ सालमा जन्मेका कसजूका श्रीमती र तीन छोरा छन् । । उनी राष्ट्रिय सूचना आयोगका प्रथम प्रमुख आयुक्त हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) मा सञ्चालक समिति सदस्यसमेत भएका थिए ।


उनी मुलुकमा ग्रामीण पत्रकारिता र सामुदायिक रेडियोका अभियन्ता मानिन्छन् । उनले देउराली पत्रिकासमेत प्रकाशन गरेका थिए । कसजूले पत्रकारिता र बाल साहित्यका माध्यमबाट बालबालिकाहरूलाई कविता र कथा लेख्न सिकाउने कार्यमा योगदान पुर्‍याउँदै आएका थिए ।


उनका दुई सयभन्दा बढी बालकथा र बाल साहित्यसम्बन्धी ५० भन्दाबढी कृति प्रकाशित छन् । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी र प्रेस युनियनलगायतका सञ्चारकर्मीहरूका संघसंगठनले विज्ञप्ति जारी गरी कसजूको निधनप्रति शोक व्यक्त गरेका छन् । ती संगठनले कसजूको निधनबाट पत्रकारिता क्षेत्रले अनुभवी पत्रकार गुमाएको टिप्पणी गरेका छन् ।


प्रकाशित : मंसिर १०, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?