कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझेर दाहाल अस्पतालबाट फर्किए

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझेर फर्किएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझेर दाहाल अस्पतालबाट फर्किए

मंगलबार बिहान पेट दुखेपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न दाहाल साँझ अस्पताल पुगेका थिए ।

स्रोतका अनुसार दाहाललाई प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारे चिकित्सकहरुले ब्रिफिङ गरेका थिए । शल्यक्रिया पछि उनको अवस्था स्थिर रहेको छ । उनी स्वास्थ्यलाभका लागि केही दिन अस्पतालमा नै रहने छन् ।

प्रकाशित : मंसिर १०, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?