१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रदेशको राजधानी केही दिनभित्र टुंगिन्छः दाहाल

सुवास विडारी

मकवानपुर — पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशको स्थायी राजधानी र नामाकरणहरु केही दिनमै टुंगिने दाबी गरेका छन् ।

प्रदेशको राजधानी केही दिनभित्र टुंगिन्छः दाहाल

मंगलबार बिहान प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा हेटौंडामा कार्यकर्ता तथा सञ्चारकर्मीहरुसँगको संक्षिप्त भेटघाटको क्रममा दाहालले प्रदेश संरचनाहरुको नामाकरण र स्थायी राजधानी टुंग्याउने विषय टुंग्याउने विषयमा प्रदेश सरकारलाई सहयोग गर्न आफू तयार रहेको बताए । ‘कतिपय प्रदेशहरुले नामाकरण र स्थायी राजधानी टुंग्याइसकेका छन् । बाँकी रहेकाहरुको अब केहि दिनभित्र टुंगिन्छ । म सरकारलाई आवश्यक सहयोग गर्नेछु । अब यस विषयलाई दुविधामा राख्नुहुँदैन ।’, उनले भने ।


दाहालले पार्टी र सरकारमा दुईवर्षदेखि देखिएको संक्रमणकाल सकिएको दावी गरे । ‘दुई वर्षदेखि पार्टी–सरकारमा देखिएको संक्रमणकाल टुंगिएको छ । पार्टीमा रहेका दुईजना अध्यक्षले कार्यविभाजन गरेका छौं । धेरै कन्फ्युजहरु हटेका छन् । अब विकासको कामले तीब्रता पाउनेछन्,' दाहालले भने, ‘संविधानअनुसार तोकिएको समयभित्र बनाउनुपर्ने ऐनहरु तयार भएका भएका छन् । अब संक्रमणकाल छैन । कर्मचारी समायोजनलगायतका विषयहरु टुंगिएका छन् ।’


उनले देशमा ७२ वर्षदेखि रहेको राजनीति अराजकता हटाउनका लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको दाबी गर्दै अहिले पार्टीले प्राप्त गरेको जनमतलाई सदुपयोग गर्न जरुरी रहेको औंल्याए ।


कार्यकर्ता तथा सञ्चारकर्मी भेटघाट अगाडि दाहालले मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामासँग प्रदेशको राजधानीको विषयलाई कसरी टुंग्याउने भन्ने विषयमा करिब ४५ मिनेट छलफल गरेका थिए ।

प्रकाशित : मंसिर १०, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?