कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चुरे नजोगाए अबको २० वर्षमा तराई मरुभूमि हुन्छ : पूर्व राष्ट्रपति यादव

राजकुमार कार्की

सिन्धुली — भारतसँगको सीमा विवाद राजनीतिक र कूटनीतिक तरिकाले समाधान गर्न पूर्व राष्ट्रपति डा.रामवरण यादवले सरकारलाइ  सुझाएका छन् । कालापानी नेपालकै भू-भाग भएको भन्दै पूर्व राष्ट्रपति यादवले दुई देश संवादमा बसेर समस्याको समाधान गर्नुपर्ने राय सिन्धुलीको कमलामाइ नगरपालिका-६  को  धुराबजारमा आइतबार व्यक्त गरेका हुन् ।

चुरे नजोगाए अबको २० वर्षमा तराई मरुभूमि हुन्छ : पूर्व राष्ट्रपति यादव

जनकपुरबाट काठमाडौं जानेक्रममा पारिवारिक भेटघाट भन्दै पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया व्यक्त गरेका पूर्व राष्ट्रपति यादवले वर्तमान राष्ट्रपतिका विषयमा केही नबोल्ने बताए । संविधान कार्यान्वयन र वातावरण सन्तुलन अहिलेको मुख्य चिन्ताको विषय रहेको उनको भनाइ थियो ।


चुरे संरक्षणको चर्चा गर्दै पूर्व राष्ट्रपति यादवले २० वर्षे गुरुयोजना संसदमा अलपत्र परेको दुःखेसो पोखे । मधेसी तथा पहाडिया कुनै पनि संसदले चुरेको कुरा संसदमा नउठाउँदा आफूलाई चित्त दुःखेको गुनासो गर्दै पूर्व राष्ट्रपति यादवले चुरेको कानुन बनेर गुरुयोजना कार्यान्वयन नभए ५१ प्रतिशत बसोवास रहेको तराइ अबको ३० वर्षमा मरुभूमि बन्ने ठोकुवा गरे ।


पहाडको छातीमा यतिखेर करिव पौने दुईलाख वटा डोजर लगाएर चिरेको भन्दै पूर्व राष्ट्रपति यादवले तीनै तहका सरकारलाइ जथाभावी नगर्न चेतावनी दिए । पहाडमा मेसिन लगाइएको र चुरे दोहन उत्तिकै भएकाले यसले विनास निम्त्याउने काम गर्ने भन्दै उनले वैज्ञानिक हिसावले काम गरी वातावरण सन्तुलन राख्न आग्रह गरे ।

प्रकाशित : मंसिर ८, २०७६ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?