नेपालले ठीक ढंगले कानुन कार्यान्वयन गरिरहेको छ : अमेरिकी कूटनीतिज्ञ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेका अमेरिकी वरिष्ठ कूटनीतिज्ञले नेपालले संघीयता संरचनाअनुरूप आवश्यक कानुनहरू निर्माण गरी ठीक ढंगले कार्यान्वयन गरिरहेको बताएका छन् ।

‘नेपालले संघीयता आत्मसात गरेको छ । यसलाई कार्यान्वयन गर्नु पर्छ । र, यसलाई आवयक कानुनहरू निर्माण भइरहेको छ’ अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय मादक पदार्थ र कानुन प्रवर्तन मामिला ब्यूरोमा उप–सहायक सचिव जोर्गन के. एन्ड्रयूजले नेपाली संचारकर्मीहरूसँग शुक्रबार भने ।

उनले एसिया र युरोपमा अन्तर्राष्ट्रिय पादक पदार्थ र कानुन प्रवर्तन मामिलाबारे निरीक्षण गर्छन् । एन्ड्रयूजले आफ्नो भ्रमणका क्रम कानुन मन्त्रालय, महान्याधिवक्ताको कार्यालय, सर्वोच्च अदालत र नेपाल प्रहरीका अधिकारीहरूलाई भेटेका थिए । उनले महाराजगन्जस्थित नेपाल पुलिस एकेडेमीको अवलोकनसमेत गरे ।

‘कानुन निर्माण र कार्यान्वयन महत्वपूर्ण कुरा हुन् । जसमा नेपालले काम गरिरहेको छ । उदाहरणको लागि फौजदारी अपराध संहिता बनाएर कार्यान्वयनमा ल्याएको छ,’ उनले भने, ‘कुनै पनि देश कानुन निर्माणमा पूर्ण हुँदैन । त्यसमा केही न केही सुधारको कुरा भइनै रहन्छ ।’

एन्ड्रयूजले नेपाल अमेरिकाको असल मित्र रहेको उल्लेख गर्दै आफ्नो मुलुकले नेपाल सधै अघि बढेको हेर्न चाहेको बताए । उनले अमेरिकाले नेपाललाई सहयोग गर्दै आइरहेको र अगामी दिनमा पनि यसलाई निरन्तरता दिने वाचा गरे ।

प्रकाशित : मंसिर ६, २०७६ २०:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घलेभन्ज्याङमा सार्वजनिक अभिव्यक्ति कला तालिम

कान्तिपुर संवाददाता

घलेभन्ज्याङ — पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा शुक्रबारदेखि तीन दिने सञ्चार तथा अभिव्यक्ति कला तालिम सुरु भएको छ । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा पञ्चकन्या गाउँपालिकाको सभाहलमा ३ नम्बर वडास्तरीय प्रशिक्षण सुरु भएको हो ।

तालीम पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले उद्घाटन गरेका हुन्। तालिम सञ्चालनका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको युवा समाजले जनाएको छ।

प्रशिक्षण रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामाले दिइरहेका छन्। तालिममा स्थानीय ३० भन्दा बढीप्रशिक्षार्थी सहभागी छन्।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले यस्ता तालिमले युवा वर्गको क्षमता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङ, उपाध्यक्ष सीता खड्का पराजुली, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि न्यौपाने, वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालय पञ्चकन्या निमित्त प्रमुख प्रहरी नायव निरीक्षक रामेश्वर सहनी, विभिन्न दलका स्थानीय नेता, संस्ठाका प्रतिनिधिहरु सहभागी थिए।

प्रकाशित : मंसिर ६, २०७६ २०:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×