२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

विभागलाई म्यानपावर व्यवसायीले भन्यो, ‘हामीसँग सहकार्य गरी निर्णय गर्नु’

काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुसँग सहकार्य गरेर मात्रै वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय गर्न माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई मन्त्रिपरिषद्‌बाट हटाएको दोस्रो दिन म्यानपावर व्यवसायीले चेतावनीसहित वैदेशिक रोजगार विभागलाई यस्तो माग गरेको हो । शून्य लागतको नीति लिँदा र म्यानपावरलाई कडाई गर्दा रेमिट्यान्समा असर पुगेको भन्दै ओलीले विष्टलाई मन्त्रीबाट हटाएका थिए ।


‘व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरे तापनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, सम्वाद, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा एक पछि अर्को गर्दै विभिन्न निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ नयाँ प्रावधानहरु लागू गर्नेजस्ता कार्यले व्यवसायीमा द्विविधा उत्पन्न भएको देखिन्छ,’ महासचिव सुचितकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकतर्फी रुपमा गरिएका निर्णय र प्रावधानले सकारात्मक परिणाम नदिने भएकाले आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागू गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी निर्णय, प्रावधान लागू गर्न/गराउन वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायमा अनुरोध गरिन्छ ।,’


प्रकाशित : मंसिर ६, २०७६ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?