अधिवक्ता दाहाल विज्ञ नियुक्त- समाचार - कान्तिपुर समाचार

अधिवक्ता दाहाल विज्ञ नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले अधिवक्ता बाबुराम दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको कानुन विज्ञमा नियुक्त गरेको छ ।

प्रधानमन्त्रीको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आवश्यक पर्ने कानुनी परामर्शका लागि दाहाल नियुक्ति भएका हुन् । उनी पूर्वाधार कानुनविज्ञ हुन् ।

प्रकाशित : मंसिर ५, २०७६ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्

‘एसियामा हवाई ट्राफिक उच्च’

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंमा तीन दिनका लागि भेला भएका नेपालसहित १७ एसियाली मुलुकका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले यस क्षेत्रमा बढ्दै गइरहेको हवाई ट्राफिक क्षमताभन्दा बाहिर गएको औंल्याएका छन् ।

आयोजक संस्था नेपाल हवाई यातायात नियन्त्रक संघ (नाट्का) का अध्यक्ष रामकृष्ण भट्टका अनुसार, काठमाडौंमा भेला भएका एटीसीहरुले एसिया क्षेत्रमा दिनानुदिन बढ्दो हवाई चापले व्यवस्थापनमा चुनौती थपिएको जनाएका छन् । ‘नेपालसहितका एसियाली मुलुकमा दैनिक यात्रुको संख्या बढेको देखिन्छ’ यस क्षेत्रमा कार्यरत एटीसीहरुको ३६ औं एशिया प्रशान्त क्षेत्रस्तरिय बैठकमा अध्यक्ष भट्टले भने, ‘पूर्वाधार विकासको सिमितता छ तर त्यसअनुसार सिमित आकासमा धेरै उडान गराउनु चुनौती देखिएको छ ।’

उनले विश्वभर एयर ट्राफिक वृद्धि भइरहेको, तर एशिया क्षेत्रमा अत्याधिक द्रुत गतिमा बढिरहेको ट्राफिक दर सन् २०३० सम्म दोब्बर पुग्ने बताए । उड्डयनकर्मीहरुको पछिल्लो विश्लेषण अनुसार, उत्तर अमेरिका र युरोपसहितको एयर ट्राफिकलाई जोड्दा पनि एसिया क्षेत्रमा बृद्धि हुने ट्राफिक अझ बढी हुने प्रक्षेपण देखिन्छ ।

यसैबीच नेपालमा सन् २०१७ को तुलनामा आन्तरिक उडानमा १३ दशमलव ८५ र अन्तर्राष्ट्रियतर्फ १५ दशमलव ४५ प्रतिशतले हवाई ट्राफिक वृद्धि भएको छ ।

सम्मेलनमा नेपाली एयर ट्राफिक कन्ट्रोलरहरुले अत्याधिक बाधा, सिमितता र जटिलता सामना गर्दै उडान व्यवस्थापनको काम गर्नुपरेको बताएका थिए । शनिबारसम्म संचालन हुने सम्मेलनमा ८० बढी एटीसीहरू सहभागी छन् । यसपटकको बैठकले मानव र प्रविधि विषयमा कार्यपत्र र छलफल संचालन गरेको छ ।

प्रकाशित : मंसिर ५, २०७६ २०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×