कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘एसियामा हवाई ट्राफिक उच्च’

काठमाडौँ — काठमाडौंमा तीन दिनका लागि भेला भएका नेपालसहित १७ एसियाली मुलुकका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले यस क्षेत्रमा बढ्दै गइरहेको हवाई ट्राफिक क्षमताभन्दा बाहिर गएको औंल्याएका छन् ।

‘एसियामा हवाई ट्राफिक उच्च’

आयोजक संस्था नेपाल हवाई यातायात नियन्त्रक संघ (नाट्का) का अध्यक्ष रामकृष्ण भट्टका अनुसार, काठमाडौंमा भेला भएका एटीसीहरुले एसिया क्षेत्रमा दिनानुदिन बढ्दो हवाई चापले व्यवस्थापनमा चुनौती थपिएको जनाएका छन् । ‘नेपालसहितका एसियाली मुलुकमा दैनिक यात्रुको संख्या बढेको देखिन्छ’ यस क्षेत्रमा कार्यरत एटीसीहरुको ३६ औं एशिया प्रशान्त क्षेत्रस्तरिय बैठकमा अध्यक्ष भट्टले भने, ‘पूर्वाधार विकासको सिमितता छ तर त्यसअनुसार सिमित आकासमा धेरै उडान गराउनु चुनौती देखिएको छ ।’


उनले विश्वभर एयर ट्राफिक वृद्धि भइरहेको, तर एशिया क्षेत्रमा अत्याधिक द्रुत गतिमा बढिरहेको ट्राफिक दर सन् २०३० सम्म दोब्बर पुग्ने बताए । उड्डयनकर्मीहरुको पछिल्लो विश्लेषण अनुसार, उत्तर अमेरिका र युरोपसहितको एयर ट्राफिकलाई जोड्दा पनि एसिया क्षेत्रमा बृद्धि हुने ट्राफिक अझ बढी हुने प्रक्षेपण देखिन्छ ।


यसैबीच नेपालमा सन् २०१७ को तुलनामा आन्तरिक उडानमा १३ दशमलव ८५ र अन्तर्राष्ट्रियतर्फ १५ दशमलव ४५ प्रतिशतले हवाई ट्राफिक वृद्धि भएको छ ।


सम्मेलनमा नेपाली एयर ट्राफिक कन्ट्रोलरहरुले अत्याधिक बाधा, सिमितता र जटिलता सामना गर्दै उडान व्यवस्थापनको काम गर्नुपरेको बताएका थिए । शनिबारसम्म संचालन हुने सम्मेलनमा ८० बढी एटीसीहरू सहभागी छन् । यसपटकको बैठकले मानव र प्रविधि विषयमा कार्यपत्र र छलफल संचालन गरेको छ ।

प्रकाशित : मंसिर ५, २०७६ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?