कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

उपनिर्वाचन जनमत सर्वेक्षण : कांग्रेस प्रवक्ता

सुनसरी — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरूले उपनिर्वाचनलाई जनमत सर्वेक्षणका रूपमा लिएको बताएका छन् । प्रेस युनियनले बिहीबार धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपाले सरकार असफल भएको दाबी गरे ।

उपनिर्वाचन जनमत सर्वेक्षण : कांग्रेस प्रवक्ता

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेको विषयलाई लक्षित गर्दै भने, ‘असफलताकै कारण मन्त्रिपरिषद् परिवर्तन गर्नुपर्‍यो । मन्त्रिपरिषद् परिवर्तन गर्नु एक हिसाबमा सरकार असफल भएको पुष्टि हो ।’


उनले मन्त्रिपरिषद् पुनर्गठन कांग्रेसको सरोकारको विषय नभए पनि सरकार असफल भएको सन्दर्भमा आफूले बोल्नुपरेको बताए । उनले दुई तिहाइ बहुमतको सरकारले राष्ट्रपतिलाई पनि विवादमा तान्ने प्रयास गरिरहेको बताए । प्रवक्ता शर्माले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकाले प्रधानमन्त्रीले डाक्नुपर्ने बैठक बालुवाटारमा नभएर शीतल निवासमा भएको भन्दै आपत्ति जनाए । उनले भने, ‘पूर्वराष्ट्रपति रामवरण यादवबाट अहिलेको राष्ट्रपतिले सिक्न जरुरी छ ।’


प्रवक्ता शर्माले सरकारले पूरा गर्न नसकेका विषय कांग्रेसले एकएक हिसाब गरेर राखेको बताए ।

प्रकाशित : मंसिर ५, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?