कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको टिप्पणी हैन, आफताबबारे कांग्रेस बोलोस् : सञ्चारमन्त्री

काठमाडौँ — सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष कांग्रेसलाई सरकारका बारे टिप्पणी गर्न नभई आफताब आलमबारे बोल्न आग्रह गरेका छन् ।बिहीबार नियमित पत्रकार सम्मेलनमा उनले कांग्रेसलाई आलम बारे स्पष्ट धारणा ल्याउन आग्रह गरेका हुन् ।

सरकारको टिप्पणी हैन, आफताबबारे कांग्रेस बोलोस् : सञ्चारमन्त्री

कांग्रेसले सरकारलाई मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारको कामकारबाहीको समिक्षा गरेको थियो । समिक्षमा सरकारका २१ महिनाका २१ कमजोरी औँल्याइएको थियो । प्रवक्ता बाँस्कोटाले सम्मेलनमा भने,' सक्नुहुन्छ भने आलमलाई पदबाट बर्खास्त गर्नुहोस् । '


'इँटा भट्टामा जिउँदै मान्छे जलाउने सांसदलाई बर्खास्त गर्न साहस गर्नुहुन्न, तपाईहरु १२ वर्ष अगाडिको कुरा भन्नुहुन्छ ? ' उनले कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई प्रश्न गरे ।

प्रकाशित : मंसिर ५, २०७६ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?