१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सीमा विवाद सल्टाउन समिति बनाउने सरकारको निर्णय

काठमाडौँ — सरकारले उत्तर र दक्षिण सीमा निरीक्षण गर्न समिति बनाउने भएको छ । मन्त्रिपरिषद् बैठकले नेपाल-भारत सीमा निरीक्षण समिति र नेपाल-चीन सीमा निरीक्षण समिति बनाउने निर्णय गरेको हो । सरकारका निर्णयहरु सुनाउन आयोजित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कुटनीतिक र राजनीतिक प्रयासबाट सीमा विवाद टुंग्याउने बताएका छन् ।

सीमा विवाद सल्टाउन समिति बनाउने सरकारको निर्णय

यस्तै, सरकारले सेनाका ६१ जना रथीबृन्द तथा अधिकृतकहरुको सरुवा गरेको छ । प्रवाधिक सहायक रथी रामधर सिंहलाई प्राविधिक उपरथी र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथीमा बढुवा गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।


मन्त्रिपरिषद् बैठकले जबरजस्ती करणी मुद्दाका ४ जना पीडितलाई राज्यले अभिभावकत्व ग्रहण गर्ने र उनीहरुलाई जनही ५ लाख रुपैयाँ उपलब्ध गराउने समेत निर्णय गरेको छ ।


यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरुः




प्रकाशित : मंसिर ५, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?