२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

'प्रधानमन्त्रीको कार्यशैलीमा स्वच्छाचारी र निरंकुश प्रवृत्ति देखा पर्‌यो'

हरिराम उप्रेती

गोरखा — आवश्यक सरसल्लाह बिनै मन्त्रिपरिषद् हेरफेर गरिको भन्दै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् ।

'प्रधानमन्त्रीको कार्यशैलीमा स्वच्छाचारी र निरंकुश प्रवृत्ति देखा पर्‌यो'

बिहीबार गृह जिल्ला गोरखा आएका भट्टराईले पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्रीको कार्यशैलीमा स्वच्छाचारी र निरंकुश प्रवृत्ति देखा परेका आरोप लगाए । ‘दलहरु तथा हाम्रो पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने उपप्रधानमन्त्रीसँग पनि सल्लाह र परामर्श नै नगरी एकपक्षीय ढंगले भएको निर्णय लोकतन्त्रको मान्यता विपरीत छ हामी यसमा दुःखी छौँ,’ उनले भने ।


समाजवादीको तर्फबाट सरकारको नेतृत्व गरेका उपेन्द्र यादव विदेश भ्रमणमा छन् । स्वास्थ्यमन्त्री रहेका यादवलाई नयाँ मन्त्रिपरिषद् पुनर्गठनमा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सरसल्लाह बिनै मन्त्रालय हेरफेर भएको विषयमा पार्टीभित्र छलफल हुने भट्टराईले बताए ।

‘अहिले उपप्रधानमन्त्रीविदेश भ्रमणमा हुनुहुन्छ उहाँ आएपछि बैठक बसेर गम्भीर ढंगले समिक्षा गरी आवश्यक निर्णय लिन्छौँ,’ उनले भने,‘प्रधानमन्त्रीले जे गर्नुभएको छ बेठिक गर्नुभयो ।’ दलीय सहमति उल्लंघन भएको उनको गुनासो छ ।


संविधान संशोधनको सर्तमा आफ्नो पार्टी सरकारमा सहभागी भए पनि प्रधानमन्त्रीले चासै नदिएको उनको आरोप छ । संविधान संशोधनमा सघाउने भन्दा पनि बिच्काउने र एकलौटी ढंगले जाने प्रवृत्ति देखिएको उनले बताए ।


संविधान संशोधनको विषयमा अन्तिम पटक वार्ता गरी आफूहरुको माग सम्बोधन नहुने लक्षण नदेखिए सरकारबाट बाहिरिने उनले चेतावनी दिए ।

प्रकाशित : मंसिर ५, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?