कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाको स्तन काटी फरार 

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाको सेमेङमा अज्ञात समूहले एक महिलाको दुवै स्तन काटिदिएर फरार भएको छ ।

बुधबार दिउँसो करिब १ बजे स्थानीय खकुवाखोलामा कपडा धुन गएकी ३० वर्षीया ती महिलालाई मुखमा कालो पट्टि लगाएर आएका २ जनाले स्तन काटेर फरार भएको जिल्ला प्रहरी भोजपुरले जनाएको छ ।

कपडा धोइरहेकी ती महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले बताए ।


घाइतेको स्वास्थ्य चौकी दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

घटनाबारे थप अनुसन्धानका गर्न जिल्ला प्रहरी कार्यालय भोजपुरको टोली घटनास्थनतर्फ लागेको छ ।

प्रकाशित : मंसिर ४, २०७६ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?