कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

उच्च अदालतमा १५ न्यायाधीश सिफारिस 

कृष्ण ज्ञवाली

काठमाडौँ — न्यायपरिषद्ले उच्च अदालतका लागि १५ जना न्यायाधीशहरुको नाम सिफारिस गरेको छ । बुधबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट ६, न्यायसेवामध्ये सरकारी वकिलबाट १ र अधिवक्ताबाट ८ जनाको नाम सिफारिस गरेको हो । आठमध्ये तीन जनाको नियुक्ति मंसिरको दोस्रो हप्तापछि मात्रै हुनेछ ।

उच्च अदालतमा १५ न्यायाधीश सिफारिस 

न्यायपरिषद्का अनुसार जिल्ला न्यायाधीशहरु किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नरिश्वर भण्डारी उच्च अदालतको न्यायाधीशमा सिफारिसमा परेका छन् ।


न्याय सेवा अन्तर्गतको सरकारी वकिल समूहबाट सह-न्यायाधीवक्ता गिताप्रसाद तिम्सिना पनि सिफारिसमा परेका छन् । उनी महान्यायाधिवक्ताको सचिवालयमा कार्यरत थिए ।

अनि अधिवक्ता मध्येबाट ५ जनाको नाम सिफारिस भएको छ । जसमा भोजपुरका मिलनकुमार राई, चितवनका राजुराम सिलवाल, डोटीकी मेरिना श्रेष्ठ, मोरङकी मिना गौतम सेढाई अनि चितवनका सोमकान्त मैनाली सिफारिस भएका हुन् । प्रधानन्यायाधीशले नियुक्तिपत्र दिनासाथ उनीहरुले काम सुरु गर्नेछन् ।

अनि न्यायपरिषदले मंसिर महिनामै अवकाश हुने उच्च अदालतका ३ न्यायाधीशहरुको ठाउँमा समेत ३ जनाको नाम सिफारिस गरेको छ । जसमा अधिवक्ताहरु भोजपुरका देशबहादुर सार्की, सुनसरीकी रेखा थापा पाण्डे र सप्तरीकी किरण कुमारी गुप्ता छन् । उनीहरुले मंसिरको १५, १६ र २१ गतेदेखि लागू हुनेगरी नियुक्तिपत्र पाउने छन् ।

प्रकाशित : मंसिर ४, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?