प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा भने- 'म स्वस्थ भइसकेँ, २० वर्ष बाँच्छु'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई 'सञ्चो' भएको बताएका छन् । बुधबार बालुवाटारमा बसेको सचिवायलय बैठकमा आफ्नो स्वास्थ्यबारे सचिवायलय सदस्यलाई जानकारी दिँदै डायलसिस गरेपछि स्वस्थ भएको बताएका थिए । 

सचिवयालय बैठकमा उपस्थित एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, 'मलाई कुनै रोग छैन । म सम्पूर्ण रुपले स्वस्थ भइसकेँ । अब ढुक्कले २० वर्ष बाँच्छु ।' आफ्नो स्वास्थ्यबारे बैठकमा ब्रिफिङ गर्दै ओलीले यस्तो भनेका हुन् ।

ओलीको मिर्गौलामा समस्या आएपछि थप उपचारको विदेश जाने चर्चा चलिरहेपनि त्यसबारे उनले बैठकमा केही बताउन चाहेनन् ।

प्रकाशित : मंसिर ४, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोलम्बियाको सिमाना बन्द गर्ने निर्णय

सिन्ह्वा

बोगोटा — कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा गरेको छ । अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी नाकाबन्दी घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।

अध्यागमनका अधिकारीहरुले दिएको जानकारी अनुसार इक्वेडर, पेरु, ब्राजिल र भेनेजुएलासँगको सीमा क्षेत्रका नाका बन्द गरिएको हो ।

राष्ट्रिय हित, सुरक्षा र राष्ट्रिय रणनीतिअनुसार नाकाबन्दीको घोषणा गरिएको उच्च अधिकारीहरुको भनाई छ । नाकाबन्दीका बेला कुनैपनि अकल्पनीय अप्रिय घटनाहरु हुन नदिनका लागि सीमा क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिने कोलम्बिया अध्यागमन विभागका महानिर्देशक क्रिस्चियन क्रुगरले जानकारी दिए ।

बिहीबार कोलम्बियमा हुने सरकार विरुद्धको प्रदर्शनको पूर्व सन्ध्यामा नाकाबन्दी गरिएको अधिकारीहरुले बताएका छन् । प्रदर्शनमा विद्यार्थी, सामाजिक तथा राजनीतिक संघ संगठन लगायत सहभागी हुने भएका छन् ।

प्रकाशित : मंसिर ४, २०७६ १६:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT