बालुवाटारमा नेकपा सचिवालय बैठक

काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संगठन विभाग र अन्य विभागलाई पूर्णता दिने विषयमा छलफल हुने सचिवालयका एक नेताले जानकारी दिए । 

बालुवाटारमा नेकपा सचिवालय बैठक

सचिवालय बैठकअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको थियो । अध्यक्षद्वयले आपसी छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेट गरेका थिए ।


बैठकमा मन्त्रिपरिषद् पुनर्गठनमा क-कसलाई यथवात् राख्ने र हटाउने मन्त्रीहरुका बारेमा पनि छलफल हुने ती नेताले बताए । बैठकमा अध्यक्षद्वय ओली, दाहाल, नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, रामबहादुर थापा सहभागी छन् । सचिवालय सदस्यहरु झलनाथ खनाल र ईश्वर पोखरेल उपस्थित भएका छैनन् । दुवै नेता विदेश भ्रमणमा छन् ।


प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी गराएका थिए ।

प्रकाशित : मंसिर ४, २०७६ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?