कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा अध्यक्षद्वयले भेटे राष्ट्रपति, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । आजै बिहान बालुवाटारमा छलफलपछि उनीहरु राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । अध्यक्षद्वय र राष्ट्रपतिबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने स्रोतको दाबी छ ।

नेकपा अध्यक्षद्वयले भेटे राष्ट्रपति, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षले राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएको कुराको पुष्टि गरे ।

दाहाल निकट स्रोतले भन्यो- 'आशा गरौं आजै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ !'

आजै दिउँसो १२ बजेका लागि बोलाइएको नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको क्रममा मन्त्रीबाट हटाइएका र नयाँ थपिएका मन्त्रीहरुको विवरण पहिला उक्त बैठकमा सार्वजनिक गरिएपछि मात्रै बाहिर सार्वजनिक गरिने बालुवाटार स्रोतले दाबी गरेको छ ।

दुई अध्यक्षबीच धेरै अघि देखि नै मन्त्रिपरिषद् पुनर्गठनका बारेमा छलफल हुँदै आइरहेको थियो ।

प्रकाशित : मंसिर ४, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?