३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे बालुवाटारमा छलफल हुँदै

काठमाडौँ — नेकपाका अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठनका लागि बुधबार बिहान ९ बजे देखि नै छलफलमा जुटेका छन् । प्रधानमन्त्री ‌ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी दिँदै कुनै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई भनेका थिए ।

ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे बालुवाटारमा छलफल हुँदै

मन्त्रीबाट कसलाई हटाउने र राख्ने भन्ने विषयमा दुई अध्यक्षबीच लामो समयदेखि छलफल चलिरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कसलाई हटाउने र कसलाई राख्ने भन्ने लिस्ट नै तयार पारिसकेका छन् भने दाहालले त्यसमा असहमति जनाउँदै अलमल गरिरहेका छन् ।

ओलीले आफ्नो भावनाअनुसार काम गर्न नसकेका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यसम्पादन मूल्यांकनअनुसार ‘रेड’ जोनमा रहेका केही मन्त्रीलाई हटाउने संकेत गरिसकेका छन् । मन्त्रीहरूको हेरफेर तथा जिम्मेवारीका विषयमा तथा संगठनकका केही निर्णय गर्न बुधबार १२ बजेका लागि नेकपा सचिवालय बैठक पनि बोलाइएको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन् ।

प्रकाशित : मंसिर ४, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?