मुलुकभित्रै सम्भव छ दोस्रो प्रत्यारोपण

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयका वरिष्ठ सहायक धर्मराज पौडेल हरेक दिन डेढदेखि दुई घण्टा सार्वजनिक बस चढेर कार्यालय आउजाउ गर्छन् । नौ वर्षअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ५६ वर्षीय पौडेल स्वस्थ छन् । उनले २०६२ भदौमा भारत, चन्डीगढको सिल्भर अप्स हस्पिटलमा पहिलोचोटि मिर्गौला प्रत्यारोपण गराएका थिए । चार वर्षमै समस्या आएपछि २०६७ साउन ३० गते वीर अस्पतालमा डा.पुकारचन्द्र श्रेष्ठले उनको दोस्रो मिर्गौला प्रत्यारोपण गरिदिएका हुन् ।


प्रकाशित : मंसिर ४, २०७६ ०८:२६
मन्त्री हेरफेर ‘आज’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्ने संकेत गरेका हुन् । ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठीकै भयो, भोलि आउनेले पनि राम्रै काम गर्लान्,’ बैठकमा प्रधानमन्त्रीले गरेको सम्बोधन उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भोलि (बुधबार) तपाईंहरूले सार्वजनिक कार्यक्रम नराख्नुहोला, उपत्यका छाडेर धेरै टाढा पनि नजानुहोला ।’

