चिनियाँ लामामाथि छानबिन गर्न समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — बौद्ध स्तूप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उत्पन्न विवाद छानबिन गरी समस्या समाधानका लागि सुझाव दिन पाँच सदस्यीय समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गुठी संस्थान र पुरातत्त्व विभागका प्रतिनिधि सदस्य छन् ।

संस्कृति मन्त्रालयद्वारा गठित बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा विभिन्न संस्थाले चिनियाँ लामा भूपतिबज्र लामालाई बौद्ध क्षेत्र प्रवेशमै रोक लगाएपछि विवाद उत्पन्न भएको हो ।

ती संस्थाले चिनियाँ लामाको विरोधमा खड्गजित लामाको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् । समितिले विरोधका क्रममा चिनियाँ लामालाई गुठी प्रवेशमा रोक लगाएको हो ।

संघर्ष समितिले चिनियाँ लामाको नागरिकता सम्बन्धमा समेत प्रश्न उठाएको छ । बौद्धनाथ क्षेत्र विकास समिति लगायतका संस्थाले चिनियाँ लामाको ठाउँमा पूर्णबहादुर लामालाई बौद्ध घ्याङ गुठीको पूजाआजा गर्ने जिम्मेवारीसमेत दिएका छन् ।

प्रकाशित : मंसिर ३, २०७६ १९:०१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ट्यांकर ‘गायब’बारे छानबिन गर्न कमिटी

कान्तिपुर संवाददाता

काठमाडौँ — आयल निमगले डिजेल लोड भएको ट्यांकर अपहरणकारीले चलाएर लगेको भन्नेबारेमा सत्यतथ्य छानबिन गर्न कमिटी गठन गरेको छ । 

निगमका प्रादेशिक प्रमुख इन्जिनियर अशोक साहको संयोजकत्वमा गठित कमिटीलाई ७ दिनको समयसिमा दिइएको निगमले जनाएको छ ।

‘चालक र सहचालकलाई आँखामा पट्टि बाँधी विश्राम गरेको स्थानबाट गाडीमा राखेर बर्दिया र लालबन्दी बीचको जंगलमा छाडेको र डिजेल भएको ट्यांकर अपहरणकारीले चलाएर लगेको भन्ने बारेमा कमिटी गठन भएको छ,’ निगमका प्रवत्ता वीरेन्द्र गोइतले भने, ‘कमिटीले ७ दिनभित्र सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्छ । त्यसपश्चात अरु प्रक्रिया अगााडी बढाउँछौ ।’

यो पनि पढ्नुहोस्ः

प्रकाशित : मंसिर ३, २०७६ १८:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×