ट्यांकर ‘गायब’बारे छानबिन गर्न कमिटी

काठमाडौँ — आयल निमगले डिजेल लोड भएको ट्यांकर अपहरणकारीले चलाएर लगेको भन्नेबारेमा सत्यतथ्य छानबिन गर्न कमिटी गठन गरेको छ । 

ट्यांकर ‘गायब’बारे छानबिन गर्न कमिटी

निगमका प्रादेशिक प्रमुख इन्जिनियर अशोक साहको संयोजकत्वमा गठित कमिटीलाई ७ दिनको समयसिमा दिइएको निगमले जनाएको छ ।


‘चालक र सहचालकलाई आँखामा पट्टि बाँधी विश्राम गरेको स्थानबाट गाडीमा राखेर बर्दिया र लालबन्दी बीचको जंगलमा छाडेको र डिजेल भएको ट्यांकर अपहरणकारीले चलाएर लगेको भन्ने बारेमा कमिटी गठन भएको छ,’ निगमका प्रवत्ता वीरेन्द्र गोइतले भने, ‘कमिटीले ७ दिनभित्र सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्छ । त्यसपश्चात अरु प्रक्रिया अगााडी बढाउँछौ ।’


यो पनि पढ्नुहोस्ः

डिजेल बोकेको ट्यांकर लहानबाट 'गायब', चालक र सहचालक भन्छन्, 'अपहरणमा परियो'

प्रकाशित : मंसिर ३, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?