२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रहरी तथा अध्यागमन अधिकारीले ‘ठम्याउन नसक्दा’ बंगलादेशी सजिलै छिर्छन् नेपाल

भारतीय सुरक्षाकर्मीले बंगलादेशी नागरिकलाई सहज रूपमा ठम्याउन सक्छन् । भिसा बेगर नेपाल छिर्न खोज्नेलाई फाट्फुट पक्राउ पनि गरिरहेका छ । नेपाल प्रहरी तथा अध्यागमन अधिकारी भने ठम्याउनै सक्दैनन्
पर्वत पोर्तेल

काँकडभिट्टा — सीमावर्ती भारतको पानीट्यांकी नाकाबाट शुक्रबार सीमा सुरक्षा बल (एसएसबी) को टोलीले तीन बंगलादेशीलाई पक्राउ गर्‍यो । अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रममा मोहम्मद मविन मिया, वाहिद अली र मोहम्मद नाजमुल पक्राउ परेका हुन् । गत वर्ष पनि त्यसैगरी प्रवेश गर्न खोजेका ६ जना बंगलादेशी नागरिकलाई भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा लिएको थियो । भारतीय बंगाली र बंगलादेशी नागरिकलाई ठम्याउन नसक्दा पूर्वी नाकाबाट बंगलादेशीको अवैध आगमन भइरहेको छ ।

प्रहरी तथा अध्यागमन अधिकारीले ‘ठम्याउन नसक्दा’ बंगलादेशी सजिलै छिर्छन् नेपाल

भारतीय सुरक्षाकर्मीले बंगलादेशी नागरिकलाई सहज रूपमा ठम्याउन सक्छन् । भिसाबेगर नेपाल छिर्न खोज्नेलाई फाटफुट पक्राउ पनि गर्दै आएका छन् । नेपाल प्रहरी तथा अध्यागमन अधिकारी भने बंगलादेशीलाई ठम्याउनै सक्दैनन् । झट्ट हेर्दा उनीहरू भारतीय बंगाली जस्ता देखिन्छन् । भाषा पनि मिल्दोजुल्दो छ । त्यही भएर ठम्याउनै गाह्रो हुने गरेको नेपाल प्रहरीको अनुभव छ । पहिचान गर्न सक्ने संयन्त्र अभावले अध्यागमन कर्मचारी र प्रहरी उनीहरूको अवैध प्रवेशबारे बेखबर देखिएका छन् ।


खुला सीमा नाका भएकाले पनि बंगलादेशीको अवैध प्रवेश सहज हुने गरेको छ । अवैध प्रवेश बढेपछि काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा भिसा इन्ट्री गर्नेहरूको संख्या पनि घट्दो छ । सन् २०१९ को ९ महिनामा पूर्वी नाकाबाट १ हजार ७ सय २७ जना बंगलादेशी नागरिक वैधानिक रूपमा नेपाल प्रवेश गरेको अध्यागमन कार्यालयले जनाएको छ । वैध रूपमा नेपाल आउने बंगलादेशी राहदानीमा भिसा लगाएर त्यसै दिन फर्कने गरेको पाइन्छ ।


कुनै समय यो नाका बंगलादेशी पर्यटकका कारण भरिभराउ हुन्थ्यो । सन् २०११ मा मुम्बईमा भएको आतंकवादी हमलाका कारण मुस्लिम देशलाई भारतले ‘ट्रान्जिट’ भिसामा कडाइ गर्‍यो । त्यसमा बंगलादेशीहरू पनि परे । पाकिस्तानी यो नाकाबाट आउँदैनन् । भारतको कडाइपछि क्रमशः गिरावट आएको बंगलादेशीको आगमन दर बर्सेनि घट्दो छ । भिसामा भएको कडाइका कारण उनीहरू अवैध रूपमा पहिला भारत र पछि नेपाल छिर्ने गरेको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।


नेपाल प्रवेश गर्ने नाकामा निगरानी फितलो छ । जसको फाइदा बंगलादेशीले सहज रूपमा लिइरहेको स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार उनीहरू भारतीय नागरिक भन्दै नेपाल प्रवेश गर्छन् । अवैध प्रवेश गराउने काममा भारतीय नागरिककै संलग्नता देखिन्छ । दुई वर्षअघि पनि भारतको खोरीबारी प्रहरीले ६ जना बंगलादेशीलाई नाकाबाटै पक्राउ गरेपछि भारतीय नागरिककै संलग्नतामा उनीहरू अवैध प्रवेश गर्ने गरेको पुष्टि भएको थियो । इलाका प्रहरी कार्यालयका डीएसपी गोविन्दकुमार कार्कीले नाकामा अवैध घूसपैठ रोक्न कडा निगरानी गरिएको बताए । उनले शंकास्पद मानिसहरूलाई सधैं सोधपुछ गरिरहेको बताए ।

प्रकाशित : मंसिर ३, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?