राष्ट्रपति र प्रधानमन्त्रीद्वारा राजापाक्षलाई बधाई

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति नन्दसेना गोटाभया राजापाक्षलाई ट्वीटरमार्फत आइतबार बधाई दिएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा राजापाक्षलाई बधाई

राष्ट्रपति भण्डारीले राष्ट्रपति राजापाक्षको कार्यकालमा नेपाल र श्रीलंकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनेमा विश्वस्त रहेको बताएकी छन् ।


त्यसैगरी प्रधानमन्त्री ओलीले राष्ट्रपति राजापाक्षको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई अझ बलियो बन्ने बताएका छन् ।

प्रकाशित : मंसिर २, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?