१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रामेछापको दोरम्बामा जीप दुर्घटना, एकको मृत्यु १० बढी घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवाको धारा नजिकै यात्रुवाहक जीप सोमबार साँझ दुर्घटनामा परेको छ । दुर्घटनामा १२ वर्षीय एक बालकको ज्यान गएको छ भने १० जनाभन्दा बढी घाइते भएको उद्धार कार्यमा संलग्न गोकर्ण श्रेष्ठले बताएका छन् । जीपमा १५ जना यात्रु थिए ।

रामेछापको दोरम्बामा जीप दुर्घटना, एकको मृत्यु १० बढी घाइते

दोलखाको झोरबाट रामेछापको दोरम्बामा पर्ने दहपातालका लागि रिजर्भमा गुडेको उक्त बलेरो सडकबाट करिव २ सय मिटर तल खसेको श्रेष्ठले बताएका छन् । घाइतेहरु मध्ये केहीको अवस्था गम्भिर छ । दुर्घटनास्थलबाट घाइतेहरुको उद्धार गरी उपचारका लागि दोरम्बा स्वास्थ्य चौकीमा पठाउने कार्य भइरहेको स्थानीय कुमार शेर्पाले बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक संतोषकुमार भट्टराईका अनुसार दुर्घटनाको जानकारी पाउना साथ दोरम्बा प्रहरी चौकीबाट प्रहरी त्यसतर्फ पठाइएको छ । प्रहरीलाई घटनास्थलमा पुग्न झण्डै १ घण्टा लाग्छ ।

झोरबाट छेवरका लागि ४ वटा गाडी रिजर्भ गरी आउँदै गर्दा सबैभन्दा अघिको गाडी खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन । भट्टराईले दुर्घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने बताएका छन् ।


प्रकाशित : मंसिर २, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?