कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बुटवल–नारायणगढ सडकको १५ स्थानमा जैविकमार्ग बनाइने

नारायण शर्मा

नवलपरासी — बुटवल–नारायणगढ सडक खण्ड ४ लेनको बनाउँदा वन्यजन्तु ओहोरदोहोर गर्ने १५ स्थानमा जैविक मार्ग निमार्ण हुने भएको छ । गैंडाकोट–दाउन्ने खण्डमा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र र धेरै स्थानमा जंगल पर्ने भएकाले ती स्थानमा राजमार्गभन्दा मुनिबाट वन्यजन्तु ओहोरदोहोर गर्न पुल निर्माण हुने भएको छ । 

बुटवल–नारायणगढ सडकको १५ स्थानमा जैविकमार्ग बनाइने

बुटवल–नारायणगढ सडक अन्तर्गत पूर्वी नवलपरासी सडक आयोजना प्रमुख सुजन अधिकारीले यो खण्डमा निमार्ण हुने कल्बर्टलाई नै फराकिलो र व्यवस्थित बनाएर वन्यजन्तु वारपार गर्ने बाटो निमार्ण गरिने जानकारी दिए ।


जंगल क्षेत्रको १० स्थानमा कल्बर्ट र अन्य ५ स्थानमा जनावर सडक मुनिबाट हिँड्न मिल्ने पुल निमार्ण गरिने भएको हो । पानी बग्ने स्थानबाट नै जनावर आउजाउ गर्ने भएकाले ती स्थानमा निमार्ण हुने पुललाई जैविकमार्ग भनिन्छ । पूर्व पश्चिम राजमार्गको दुवैतर्फ जंगल रहेको छ । जंगलमा सडक वारपार गर्न सजिलो बनाउन राजमार्गभन्दा मुनिवाट (पुल बनाएर) वन्यजन्तु ओहोरदोहोर गर्न मिल्ने करिडर निमार्ण थालिने भएको हो ।


जनावर ओहोरदोहोर गर्ने क्षेत्रमा ट्र्यापिङ क्यामराले देखाएको तस्बिरका आधारमा कोरिडर निमार्ण गरिने भएको हो । यहाँ बाघ, भालु, हरिण, बँदेल र गैंडा ओहोरदोहोर गर्छन् । तिनीहरु हिँड्ने बाटो प्राय सधैं एउटै हुने भएकाले त्यसैका आधारमा अग्लो होचो करिडोर निमार्ण हुने छ ।


महेन्द्रराजमार्गको गैंडाकोट, थुम्सि, कावासोती, डण्डा, चोरमारा, अरुणखोला र दाउन्ने क्षेत्रको दाँयाबाँया जंगल क्षेत्र रहेको छ । जंगलमा रहने जनावर रातदिन सडक वारपार गर्दा दुर्घटनाको जोखिम बढ्छ ।

सडक निमार्णको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले (सिएससिईसी) सडक निमार्णको काम धमाधम सुरु गरेको छ ।


पूर्वी नवलपरासीतर्फको सडक फराकिलो बनाउने काम कावासोती नगरपालिकाको खरकट्टा जंगल क्षेत्र र गैंडाकोटको थुम्सीबाट सुरु गरिएको हो । गैंडाकोटबाट दाउन्नेसम्मको पहिलो खण्डमा काम सुरु गरिएको हो । ११४ किलोमिटर सडकखण्डको काम दाउन्ने–गैंडाकोट सडकखण्ड र दाउन्ने–बुटवल सडकखण्ड गरेर दुई भागमा बाँडेर एकै पटक काम सुरु भएको हो ।


११४ किलोमिटर सडक निमार्णको लागत १७ अर्ब रहेको छ । काम थालेको ४२ महिनामा निमार्ण गरिसक्ने सम्झौता रहेको छ । आगामी २०७९ सालसम्ममा राजमार्ग निमार्ण सम्पन्न गर्ने गरी काम भैरहेको सडक आयोजना पूर्वी खण्डका प्रम्खु सुजन अधिकारीले जानकारी दिए । पहिलो चरणमा पुरानो र साँगुरो सडकमा भएको कल्भर्टलाई भत्काएर नयाँ बनाउने काम थालिएको छ ।


प्रकाशित : मंसिर २, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?