आलमको राजनीतिक फड्को

काठमाडौँ — बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलम २०३९ सालदेखि राजनीतिमा प्रवेश गरेका थिए । २०५३ सालमा तत्कालीन सांसद शेख इद्रिसको निधनपछिको उपनिर्वाचनबाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

आलमको राजनीतिक फड्को

आलमको राजनीतिक यात्राः


२०३९नेविसंघ जिल्ला अध्यक्ष

२०४४कांग्रेसको कार्यवाहक जिल्ला सभापति

२०४५कांग्रेस जिल्ला सभापति

२०५३तत्कालीन सांसद शेख इद्रिसको निधनपछिको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य

२०५४श्रम सहायकमन्त्री

२०५५वन सहायकमन्त्री

२०५६प्रतिनिधिसभा सदस्य, स्थानीय विकास राज्यमन्त्री, पछि भूमिसुधारमन्त्री

२०६४संविधानसभा सदस्य, श्रम तथा यातायातमन्त्री

२०६७कांग्रेस केन्द्रीय सदस्य

२०७०संविधानसभा निर्वाचनमा आफ्नै भान्जा मुस्ताक राजाबाट पराजित

२०७४प्रतिनिधिसभा सदस्य

प्रकाशित : मंसिर २, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?