कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इसोइका जापानी भ्रमण दूत

काठमाडौँ — नेपाल भ्रमण वर्षमा पर्यटक बढाउने उद्देश्यले जापानी नागरिक हिरोमी इसोइकालाई सद्भावना दूत नियुक्त गरिएको छ ।

नेपाल भ्रमण वर्ष सचिवालयले आइतबार २७ वर्षमा ४० पटक नेपाल आएका समाजसेवीसमेत रहेका उनलाई जापानका लागि नेपाल भ्रमण वर्षको दूत नियुक्त गरेको जनाएको हो । सचिवालयद्वारा जारी विज्ञप्तिमा नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका इसोइका गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा समेत नाम लेखाउन सफल भइसकेका छन् ।


पेसाले निर्माण व्यवसायी उनले सन् २००१ जनवरी १ तारिखका दिन विश्वको सबभन्दा ठूलो ड्रम बनाएर गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए ।


सन् २००३ देखि उनले नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् । उनले पशुपतिनाथ क्षेत्रमा बायो शौचालय बनाएका थिए । भ्रमण वर्षका संयोजक सुरज वैद्यले जापानी युवालाई नेपाल भ्रमणमा आकर्षण गर्न इसोइकाको भूमिका महत्त्वपूर्ण हुने बताए ।


केही साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चिनियाँ अभिनेत्री स्वी छिङलाई चीनका लागि सद्भावना दूत घोषणा गरेको थियो ।

प्रकाशित : मंसिर २, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?