३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आलमविरुद्ध मुद्दा दायर गरेका सरकारी वकिलको मकवानपुर सरुवा

मातृका दाहाल

काठमाडौँ — जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका न्यायाधिवक्ता खडिन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ । रौतहट बम बिस्फोटका आरोपित पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिए लगत्तै काठमाडौं आएका कटवालको आइतबार मकवानपुर जिल्ला सरकारी वकिलको कार्यालयमा सरुवा भएको स्रोतले बताएको छ ।

आलमविरुद्ध मुद्दा दायर गरेका सरकारी वकिलको मकवानपुर सरुवा

आलमको मुद्दामा अनुसन्धान भए लगत्तै प्रहरीले कटवालको सुरक्षाका लागि अंगरक्षक खटाएको थियो ।


आलमको विरुद्ध सरकारी वकिलकोतर्फबाट मुद्दा दायर गरेका कटवालले सुरक्षा थ्रेट रहेको भन्दै शुक्रबार नै अन्यत्र सरुवा गर्न महान्यायधिवक्ताको कार्यालयलाई आग्रह गरेका थिए ।


यस्तै आलमलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल समेत रौतहटबाट शुक्रबार राति नै काठमाडौं आएका छन् ।


प्रकाशित : मंसिर १, २०७६ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?