जेलरविरुद्ध भ्राष्टाचार मुद्दा

काठमाडौँ — गैरकानूनी सम्पत्तिआर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको भीमफेदी कारागारका जेलर चिरञ्जिवी थापा विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

जेलरविरुद्ध भ्राष्टाचार मुद्दा

अख्तियारले थापा विरुद्ध एक करोड १३ लाख रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाएको हो ।


२०४५ साल जेठ ४ गतेदेखि जागिर शुरु गरेका थापाले गत आर्थिक मसान्तसम्म आर्जन गरेको सम्पत्तिमा अनुसन्धान हुदा अस्वाभाविक आर्जन गरेको भेटिएको अख्तियारले जनाएको छ ।


अख्तियारले उनीसहित श्रीमती गोमा कट्टेल थापाको नाममा रहेको सम्पत्ति जफत हुनुपर्ने मागदाबी समेत गरेको छ ।


प्रकाशित : मंसिर १, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?