प्रहरी नियन्त्रणमा रहेका सेनाका जवान कँडेलको रहस्यमय मृत्यु, राजमार्ग अवरुद्ध

रमेशकुमार पौडेल, हरिहरसिंह राठौर

चितवन — धादिंङसँग सिमाना जोडिएको इच्छाकामना–१ फिस्लिङमा प्रहरी नियन्त्रणमा रहेका नेपाली सेनाका जवान राम कँडेलको रहस्यमय मृत्यु भएपछि फिस्लिङ बजारको अवस्था तनावपूर्ण भएको छ । आइबार बिहान इच्छाकामना मेलाबाट फर्कने क्रममा गाडीमा प्रहरी जवान ठाकुर ढकालसँग सामान्य विवाद भएपछि अस्थाई प्रहरी पोस्ट फिस्लिङको कार्यालय भित्र गएका कँडेलको प्रहरी हिरासतमै मृत्यु भएको हो ।

गाडी चालक सानुबाबु थापाका अनुसार गाडीबाट ओर्लिएपछि प्रहरी जवान ढकालसँग हात हालाहाल समेत भएको र त्यसपछि जवान ठाकुरले प्रहरी पोस्ट भित्र लिएर गएका थिए । प्रहरीका अनुसार पोस्टभित्र गएपछि शौचालय गएको र लामो समयसम्म नआएपछि हेर्न जाँदा उक्त प्रहरी पोस्ट भवनको दुई तला माथिबाट तल खसेर घाइते भएको अवस्थामा उनी फेला परेका थिए ।

त्यसपछि कँडेलाई सशस्त्र प्रहरीको ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि पुर्‍याइएको थियो । थप उपचारका लागि उनलाई भरतपुर लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाको टोलीले घटना भएको प्रहरी पोस्ट फिस्लिङ पुगी अनुसन्धान कार्य सुरु गरेको छ । प्रहरी जवान ढकाललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले जानकारी दिए । कोइरालाले पोस्टमार्टम रिपोर्ट आएपछि सत्यतथ्य बाहिर आउने बताए ।

मुग्लिन निवासी कँडेल नेपाली सेनामा कार्यरत थिए । अहिले स्थानीयले प्रहरी पोस्टमा ढुंगामुडा गर्नुका साथै सडक अवरुद्ध पनि पारेका छन् ।


प्रकाशित : मंसिर १, २०७६ १२:४३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

५८ किलो चरेससहित पाँच पक्राउ

कमल पन्थी

(बर्दिया) — प्रहरीले शनिबार राति विशेष सूचनाका आधारमा ५८ किलो चरेससहित पाँचजनालाई पक्राउ गरेको छ । गुलरिया-७ भन्सार रोडमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा खान तलासी गर्दा उनिहरुबाट ठूलो परिमाणको चरेस फेला परेको प्रहरी नायव उपरिक्षक राम शंकर कोहारले बताए ।

पक्राउ पर्नेमा पूर्वी रुकुम खवाङ गापा—१ घर भई दाङ घोराही बस्दै आएका २४ वर्षिय राजकुमार पुनमगर, पूर्वी रुकुम कास्की भुमे गापा घर भई हाल मुसिकोट—१ की २७ वर्षिया जुनतारा पुन, महत गापा—२ घर भई हाल भुमे गापाका ३४ वर्षीया सुनथामी पुनमगर, तक्सेरा गापा—९ हाल पुथा उत्तरगंगाकी ३६ वर्षिया अस्मिता रामजाली र रोल्पा पाछावाङ—४ घर भई दुई खोली—८ का २९ वर्षिय खीम प्रसाद रोका मगर रहेकाछन् ।

दाङमा उक्त चरेस १६ हजार रुपैयाँ किलोमा बेचबिखन हुने गरेको पक्राउ परेकाहरुले बताएका छन् । भारतमा लैजान लागेको उक्त चरेस भरियाका रुपमा प्रयोग गरिएको अनुमान प्रहरीको छ । भारतमा प्रति किलो ५० हजार रुपैयाँमा खरिद बिक्री हुने गरेको छ । करिब बीस वर्ष अघि ९० किलो चरेश प्रहरीले बरामद गरेपछि अहिले सबैभन्दा ठुलो परिमाणको फेला परेको हो ।


प्रकाशित : मंसिर १, २०७६ १२:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×