कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

महाकाली उद्गमस्थलबाटै सीमा हो : देउवा

चित्रांग थापा

(महेन्द्रनगर) — कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदी उद्गमस्थलबाटै सीमा नदी भएकोले भारतले जारी गरेको नयाँ नक्सामा राखिएको कालापानी लगायतको क्षेत्र नेपाली भूभाग भएको बताएका छन् ।

महाकाली उद्गमस्थलबाटै सीमा हो : देउवा

‘महाकाली पूर्वको उत्तरपश्चिम सीमान्त क्षेत्रको भूभाग नेपाल भारत र चीनको त्रिदेशिय सीमानाकाका रुपमा रहेको छ,’ शनिबार महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भने, ‘महाकाली नदी पूर्वको भूभाग नेपाली भूमि हो । उनले आफ्नो पार्टीको कालापानी बारेको धारण सधै स्पष्ट रहेको दाबी गरे ।


पूर्वप्रधानमन्त्री देउवाले महाकाली सन्धीले पनि महाकाली नदी सीमा नदी भएको र महाकालीको पानीमा नेपाल र भारतको बराबर हक भएको समेत पुष्टि गरेको उल्लेख गरे । ‘पञ्चेश्वर परियोजना बनेपछि महाकालीको पानीमा दुवै देशको आधा–आधा हिस्सा लाग्नेछ’ उनले भने ।


कालापानीमा विस २०१८ देखि नै भारतीय सुरक्षाकर्मी बस्दै आएको प्रसंग उल्लेख गर्दै देउवाले कालापानी नेपालकै भूभाग भएको यथार्थ स्थापित गर्न कुटनैतिक पहल आवश्यक भएको बताए । हालै भएको सर्वपक्षीय बैठकमा सरकारलाई यो विषयमा आवश्यक पहल गर्न कांग्रेस लगायत सबै दलको साथ र सर्मथन रहेको उनले बताए । ‘सरकार राष्ट्रियताको नारा लगाएर ठूला कुरा गर्छ तर काम गर्दैन,’ उनले भने, ‘सरकार भने लम्पसारवादको नीतिमा रहेको छ ।’


निर्मला पन्तका बलात्कारी र हत्यारा हालसम्म पक्राउ पर्न नसकेको बारेमा सञ्चारकर्मीको प्रश्नमा देउवाले सरकार आफैले हत्यारा लुकाउन खोजेको आरोप लगाए । ‘सारा संसार भरी निर्मलाको घटना बारे चर्चा र चासो भइरहेको अवस्थामा सरकार भने बलात्कारी र हत्यारालाइ बचाउन लागेको छ’ उनले भने, ‘हामी कदापि हत्यारालाई उम्कन दिने छैनौ संसदमा यो विषयलाइ अझ बढी जोडका साथ उठाउने छौ ।’


विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले भागबण्डा खोजिरहेको सम्वन्धि प्रश्नमा देउवाले देश कुनै एक पार्टीको मात्र नभएकोले महत्वपूर्ण कुराहरुमा मिलेर जानु पर्छ भन्ने आशयले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा एकलौटी नहोस् भन्ने कांग्रेसको धारणा आफूले सरकार समक्ष राख्दै आएको बताए ।

प्रकाशित : कार्तिक ३०, २०७६ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?