उपप्रधानमन्त्री पोखरेल यूएई प्रस्थान

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल यूएई सरकारको प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका छन् । 

उपप्रधानमन्त्री पोखरेल यूएई प्रस्थान

दुबईमा उनले द्विपक्षीय उच्च स्तरीय छलफल तथा भेटघाट गर्नुका साथै ‘दुबई एयर–शो’ मा सहभागी हुने कार्यक्रम रहेको छ ।


उनले त्यहाँका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा यूएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।


यूएईमा रहँदा उपप्रधानमन्त्री पोखरेलले नेपाली समुदाय तथा विदेशी लगानीकर्तासँग औपचारिक छलफल गर्ने छन् ।


भ्रमण टोलीमा नेपाली सेनाका पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनन्त कार्की, परराष्ट्र मन्त्रालयको मध्य तथा पश्चिम एशिया र अफ्रिका महाशाखाका सहसचिव हरिश्चन्द्र घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका स्वकीय सह सचिव दीपेन्द्र श्रेष्ठ सहभागी छन् ।


उनी मंसिर ४ गते स्वदेश फर्कने छन् ।

प्रकाशित : कार्तिक ३०, २०७६ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?