तथ्य र प्रमाणको आधारमा भूमि फिर्ता हुन्छ : परराष्ट्रमन्त्री 

माधव अर्याल

पाल्पा — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तथ्य र प्रमाणको आधारमा नेपाली भूमि फिर्ता हुने बताएका छन् । उनले यसमा कुनै पनि देशको जनताको चित्त दुखाएर मित्रता कायम नहुने भएकाले मित्र राष्ट्रले कुरा बुझ्नुपर्ने बताए । 

तथ्य र प्रमाणको आधारमा भूमि फिर्ता हुन्छ : परराष्ट्रमन्त्री 

साहित्यकार निलकण्ठ न्यौपानेद्वारा लिखित ‘श्रम–साधना’ महाकाव्यको तानसेनमा शनिबार विमोचन गर्दै मन्त्री ज्ञवालीले भने, ‘मित्रता र अधिकार सँगसँगै जान्छन् । नेपाली जनताको चित्त दुखाएर मित्रता कायम पनि हुँदैन । यो हाम्रा मित्रहरुले बुझ्न जरुरी छ ।’ उनले मित्रताको नाममा अधिकार छाड्ने कुरा पनि नहुने बताए ।


भारतले हालै जारी गरेको राजनीतिक नक्साप्रति इङ्गित गर्दै साहित्यकार वेनीमाधव ढकालको जिज्ञासामा परराष्ट्रमन्त्री ज्ञवालीले यो सरकारसँग नेपाली जनता ढुक्क हुन र विश्वस्त हनु आग्रह गरे ।


उनले सरकारले नक्साको विषयमा कुटनीतिक पहल सुरु गरिसकेको समेत बताए । उनले तथ्य प्रमाणको आधारमा मित्रराष्ट्रसँग कुरा गर्ने बताए । विगतमा जनताले तिरेका तिरो, जनगणनाका साथै निर्वाचनमा भाग लिएका आधारमा मात्र मित्र राष्ट्रसँग कुरा गर्ने मन्त्री ज्ञवालीले बताए ।


पूर्वखोला गाउँपालिका प्रकाशक रहेको र धवल पुस्तकालयले आयोजना गरेको कार्यक्रममा उनले मित्रताको सम्बन्ध चाहाने र मित्रताको कोषबाट अगाडी बढ्ने बताउँदै भने, ‘२०१५ सालमा चुनाव भयो । २०१८ मा गणना भयो । १९९७ सालमा बैतडीमा आएर तिरो तिरेका छन् । ती रसिदहरु हामीसँग छन् ।’


मन्त्री ज्ञवालीले प्रमाणको आधारमा मात्रै मित्रराष्ट्रसँग कुरा गर्ने बताए । दुई देश मिलेर दुई देशको जनताको हितमा काम गर्ने उनले बताए । नेपालले आफ्नो एकएक इन्च जमिनको रक्षा गर्ने बताउँदै उनले भने, ‘मित्रताको नाममा आफ्नो अधिकार छाड्ने भन्ने कुरा हुदैन । ’

प्रकाशित : कार्तिक ३०, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?