जंगली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

रमेशकुमार पौडेल

चितवन — भरतपुर माडी ठोरी हुलाकी सडकको चितवन निकुञ्जभित्र पर्ने अमुवा पोष्ट नजिकको जंगलमा शनिबार जंगली हात्तीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुछोरा रहेका छन् । 

जंगली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार माडी कटेपछि आउने बगइ जंगलको देउराली भन्ने ठाउँमा जंगली हात्तीले उनीहरुलाई आक्रमण गरेको थियो ।


मृत्यु हुनेमा ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेल रहेका छन् ।


माडी नगरपालिका–१ बरुवा बजार बस्ने उनीहरु लु ३१ प २९११ नम्बरको मोटरसाइकल चढेर बाँदरझुला गाउँ जाँदै थिए ।


माडीका स्थानीय सूर्य पाठकका अनुसार उनीहरु तिल किन्नका लागि बिहान आठ बजे माडीबाट हिँडेका थिए ।

प्रकाशित : कार्तिक ३०, २०७६ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?