३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चन्द समूहबाट ठूलो परिमाणमा हतियार बरामद

दुर्गालाल केसी

दाङ — प्रहरीले नेत्रविक्रम चन्द समूहबाट ठूलो परिमाणमा हतियार बरामद गरेको छ । दाङ र कपिलवस्तु जिल्लाको सीमा क्षेत्रबाट दाङ प्रहरीले एसएमजी लगायत हातहतियारसहित ३ सय ९० राउण्ड गोली फेला पारेको छ ।

चन्द समूहबाट ठूलो परिमाणमा हतियार बरामद

चन्द समूहले उक्त हातहतियार स्थानान्तरण गर्दैछ भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार साँझ गएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र गढवा ईलाका प्रहरी कार्यालयको संयुक्त टोलीले दाङको गढवा गाउँपालिका र कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्वर १ को सिमानाबाट राईफलको म्याग्जिन १३ थान, राइफलमा प्रयोग हुने ३ सय ९० राउण्ड गोली, एसएमजी राईफल ५ थान, हतियार राख्न प्रयोग हुने सुटकेश १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिएका छन् ।


बेवारिसे अवस्थामा रहेको एक खाली गोठमा सुटकेशभित्र लुकाइराखेको अवस्थामा हतियार फेला पारिएको उनले बताए । असोज ३० मा प्रहरीले राजपुर ४ मगरैनाको जंगलमा बैठकस्थल नियन्त्रणमा लिई चन्द समूहका २१ नेताहरू पक्राउ गरेको थियो । त्यसपछि उक्त हतियार फेला पारेको हो ।

प्रकाशित : कार्तिक ३०, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?