कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राजपुर बम विस्फोटका आरोपित आलमलाई नख्खु कारागार ल्याइयो

मातृका दाहाल

काठमाडौँ — रौतहट राजपुर बम विस्फोटका आरोपित निलम्बित सांसद मोहम्मद आफताब आलमलाई शनिबार बिहान नख्खु कारागार चलान गरिएको छ । 

जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले शनिबार बिहान आलमलाई ललितपुरको नख्खु कारागार ल्याएको हो ।

राजपुर बम विस्फोटका आरोपित आलमलाई नख्खु कारागार ल्याइयो

कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले आवश्यक प्रक्रिया पुर्‍याएर आलमलाई नख्खु कारागारमा राखिएको बताए । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी पद्युन्नकुमार कार्कीले आलमलाई अदालतको आदेशअनुसार सुरक्षित कारागारका रुपमा नख्खु पठाइएको प्रतिक्रिया दिए ।


पूर्वमन्त्री एवं काग्रेस नेता आलमलाई पुर्पक्ष गरिएपछि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गर्दै रौतहटबाट उपत्यका कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


आलम राजपुरका बासिन्दा हुन् । शुक्रबार पुर्पक्षको आदेश दिए लगत्तै जिल्ला न्यायाधीश र सरकारी वकिलको कार्यालयका अधिकारीहरुसमेत रौतहट छोडेर काठमाडौं आइसकेका छन् ।


यो पनि


प्रकाशित : कार्तिक ३०, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?