रुप ज्योति रिहा

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय प्रहरी वृत्त दरबारमार्गले व्यवसायी रूप ज्योति र उनकी छोरी सुरुचिलाई रिहा गरेको छ । सरकारी वकिलको कार्यालयले ठगी मुद्दा नचल्ने निर्णय गरेसँगै उनीहरूलाई प्रहरीले परिवारको जिम्मा लगाएको हो ।

रुप ज्योति रिहा

ज्योति परिवारले जाहेरीकर्ता विज्ञेन्द्रकृष्ण मल्ललाई जग्गा बैनाबापतको रकम फिर्ता दिई चित्त बुझाएपछि उनले जाहेरी फिर्ता लिन निवेदन दिएका हुन् । दुवै पक्ष मिलापत्रमा सहमत भएपछि प्रहरीले ठगी मुद्दा नचलाउने रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेको हो ।

प्रकाशित : कार्तिक २९, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?