१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कान्तिपुरकर्मी आचार्यलाई ‘खोज पत्रकारिता अवार्ड’

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरकर्मी कृष्ण आचार्य ‘खोज पत्रकारिता अवार्ड–२०१९’बाट सम्मानित हुने भएका छन् । सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा काम गर्ने संस्था फ्रिडम फोरमले कान्तिपुर दैनिकको आर्थिक व्यूरो प्रमुख आचार्यलाई यस वर्षको अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।

कान्तिपुरकर्मी आचार्यलाई ‘खोज पत्रकारिता अवार्ड’

कर छली, सम्पत्ति शुद्धिकरण तथा वित्तिय अपराधसम्बन्धी विषयवस्तु उजागर गरी मुलुकको वित्तिय क्षेत्र सुधारका लागि योगदान गरेको भन्दै फ्रिडम फोरमले आचार्यलाई पुरष्कृत गर्ने घोषणा गरेको हो ।


‘वित्तिय अपराधका विषयवस्तु उजागर गरी सर्वसाधारण, सार्वजनिक प्रशासक तथा नीति निर्माणहरुलाई घच्घच्याउने आचार्यको योगदान छ,’ फ्रिडम फोरमको विज्ञप्तिमा भनिएको छ, ‘वित्तिय क्षेत्रको सुधारका लागि पत्रकारितामार्फत योगदान गरेकाले आचार्यलाई अवार्डको घोषणा गरिएको हो ।’


फ्रिडम फोरमले अधिवक्ता विश्वजीत तिवारीलाई सूचनाको हकसम्बन्धी अभियानकर्ताको रुपमा सम्मान गर्ने घोषणा गरेको छ । त्यसैगरी डोटीकी पत्रकार सुनिता रावललाई प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सबै पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।


पुरस्कृतहरुलाई छनौट गर्न प्रेस काउन्सिलका पूर्व अध्यक्ष हरिहर विरहीको संयोजकत्वमा समिती गठन गरिएको थियो । समितीमा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल सदस्य थिए भने नेपाल वातावरण पत्रकार समूह, नेपाल पत्रकार महासंघ र खोज पत्रकारिता केन्द्रका प्रतिनिधी सदस्य थिए । उनीहरुलाई आगामी मंसीर ८ गते एक समारोहका बीच पुरस्कार प्रदान गरिने फ्रिडम फोरमले जनाएको छ ।


प्रकाशित : कार्तिक २९, २०७६ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?