‘साप्ताहिक’ र ‘नारी’को सम्पादकमा गौतम

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर पब्लिकेसन्स सञ्चालक समितिले साप्ताहिक र नारी मासिकको सम्पादकमा पत्रकार राजाराम गौतमलाई नियुक्त गरेको छ । नारीको सम्पादकीय संयोजकको जिम्मेवारी उपासना घिमिरेलाई दिइएको छ ।

‘साप्ताहिक’ र ‘नारी’को सम्पादकमा गौतम

साप्ताहिक तथा नारीका प्रधान सम्पादक सुवास ढकालले दिएको राजीनामा स्वीकृत गर्दै पब्लिकेसन्सले गौतमलाई नयाँ सम्पादकका रूपमा नियुक्त गरेको हो । शुक्रबार आयोजित एक आन्तरिक कार्यक्रममा पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले गौतमको स्वागत एवं ढकालको बिदाइ गरेका थिए ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय गौतम अन्नपूर्ण पोस्टका पूर्वसम्पादक हुन् । त्यसअघि उनले कान्तिपुर दैनिक र नेपाल साप्ताहिकमा काम गरेका थिए । नारीकी नवनियुक्त सम्पादकीय संयोजक घिमिरे उक्त मासिकमै सम्पादकीय सहकर्मीका रूपमा कार्यरत थिइन् ।


प्रकाशित : कार्तिक २९, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?