१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आलमविरुद्धको थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउँदै [अपडेट]

शिव पुरी

रौतहट — जिल्लाको राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको थुनछेक बहस सकिएको छ । बहस सकिएपछि आजै आदेश हुने अदालत स्रोतले बतायो । वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए ।

आलमविरुद्धको थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउँदै [अपडेट]

बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे सोधिएका थिए । दुवैले न्यायाधीशसमक्ष आ-आफ्नै कुरा राखे ।

............

जिल्लाको राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । बहस सकिएपछि आजै आदेश हुने अदालत स्रोतले बतायो । अहिले वादी तर्फबाट अन्तिम बहस भइरहेको छ । बहस केहीबेरमा सकिँदै छ ।

अदालतका ४ नम्बरका न्यायाधीश दिपक ढकालको इजलासले थुनछेक बहसको आदेश गर्नेछन् । झन्डै ९ दिनसम्म चलेको थुनछेक बहस केहीबेरमा सकिँदै छ ।

पहिलो संविधानस्भा निर्वाचनको अघिल्लो दिन राजपुरमा भएको बिस्फोटको घटनामा सरुअठाका त्रिलोक प्रतापसिङ र ओसी अख्तरलाई जिउँदै चिम्नीमा हालेर मारेको आरोपमा आलमलाई पक्राउ गरी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बिस्फोट भडारणको मुद्दामा जन्मकैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन पत्र दर्ता गरेको थियो ।

प्रकाशित : कार्तिक २९, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?