१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रहरीमा वाटर क्यानोन परीक्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनबाट खरिद गरिएका ५ वटा वाटर क्यानोन (पानीको फाहोरा हान्ने उपकरण) प्रहरीले परीक्षण गरेको छ । 

प्रहरीमा वाटर क्यानोन परीक्षण

नक्सालस्थित प्रहरी मुख्यालयको खेल मैदानमा ५५ मिटर र ३० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्ने क्षमताका वाटर क्यानन उपकरण परीक्षण गरिएको हो ।


प्रहरी मूख्यालयमा बिहीबार वाटर क्यानोनबाट सेल्फ स्प्रे, ५५ र ३० मिटर दुरीमा फोहोरा प्रदर्शन, भीडमा सहभागीको पहिचान हुने रङयुक्त फोहोराको समेत प्रदर्शन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


यसअघि एउटा मात्रै वाटर क्यानोन रहेकोमा पछिल्लो पटक ५ वटा खरिद गरिएको र एक प्रदेश–एक वाटर क्यानन अवधारणा ल्याइएको प्रहरीले जनाएको छ । नयाँ खरिद गरिएका अपरक्यान र लोअर क्यानसहितको वाटर क्यानोन १८ वटा अश्रुग्यास सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमताको रहेको उल्लेख छ ।


अपर क्यानोनले ५५ मिटर र लोअर क्यानोनले ३० मिटर परसम्म पानीको फोहोरा प्रहार गर्न सक्छ ।

प्रकाशित : कार्तिक २८, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?