कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जिप खस्दा दुईको मृत्यु, सात घाइते

विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिका ४ फलाबाङबाट तुलसीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जिप बिहीबार बिहान फलाबाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिप खस्दा दुईको मृत्यु, सात घाइते

दुर्घटनामा परी अन्य सात जना घाइते भएका छन् ।


मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ फलाबाङकी ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यज्ञी थापा छन् । उनीहरुको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


जिप अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । जिप सडक देखि १० मिटर तल खसेको थियो ।


प्रकाशित : कार्तिक २८, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?