तनहुँ — जिल्लाको म्याग्दे गाउँपालिका–२ जामुनेमा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भातरको बेतिया जिल्लाका २५ वर्षीय सजात आलम र २० वर्षीय अजात आलम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निर्माणाधीन स्वास्थ्य चौकी भवनमा मार्बल घोट्ने क्रममा करेन्ट लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सजात र अजात दाजुभाई रहेको र दमौली अस्पतालमा शव परिक्षणका लागि ल्याइएको छ ।