२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

करेन्ट लागेर दुई भारतीयको मृत्यु

कान्तिपुर संवाददाता

तनहुँ — जिल्लाको म्याग्दे गाउँपालिका–२ जामुनेमा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भातरको बेतिया जिल्लाका २५ वर्षीय सजात आलम र २० वर्षीय अजात आलम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लागेर दुई भारतीयको मृत्यु

निर्माणाधीन स्वास्थ्य चौकी भवनमा मार्बल घोट्ने क्रममा करेन्ट लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतक सजात र अजात दाजुभाई रहेको र दमौली अस्पतालमा शव परिक्षणका लागि ल्याइएको छ ।

प्रकाशित : कार्तिक २८, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?