कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले सुरु गर्यो जानकी-बुद्ध यात्रा

श्यामसुन्दर शशि

जनकपुर — हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त )ले जनकपुरधामबाट लुम्बिनीसम्मको जानकी–बुद्ध रथ यात्रा सुरु गरेको छ । 

हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले सुरु गर्यो जानकी-बुद्ध यात्रा

जानकी मन्दिरबाट सुरु भएको रथयात्रामा सो पार्टीका अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीसँगै सुनिलबहादुर थापा, ध्रुवबहादुर प्रधान, विष्णु विक्रम लोहनी लगायतका पार्टीका शिर्ष नेता तथा सयौंको संख्यामा कार्यकर्ताहरु पनि सहभागी थिए ।

ठूला पार्टीहरुले मुलुकका बहुसंख्यक जनताको भावना विपरीत मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेको अध्यक्ष जबराले आरोप लगाए । ‘हिन्दु राष्ट्र हाम्रो पहिचान हो । राष्ट्रको पहिचान पुनः स्थापना गराउन रथ यात्रा सुरु गरेका हौं । मुलुक पुनः हिन्दु राष्ट्र घोषणा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने ।


अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले कात्तिक २८ गते जानकी मन्दिरबाट सुरु भएको यात्रा वाल्मिकी आश्रम हुँदै मंसिर ४ गते बुद्ध जन्मस्थल लुम्बिनी गएर टुंगिने जानकारी दिए । हिन्दु राष्ट्र पुनःस्थापनाका लागि आफ्नो पार्टी शान्तिपूर्ण रुपमा चरणबद्ध धार्मिक यात्राको अभियान थालेको उनको कथन थियो ।

प्रकाशित : कार्तिक २८, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?